ट्रेण्डिङ

होमपेज / समाज

थप ९ जनामा कोरोना देखिए संगै नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

नेपालगाथा २०७७ जेठ २ गते शुक्रबार ०८:५२:३६ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको छ । शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै यो संख्या बढेको हो ।
स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् । नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top