ट्रेण्डिङ

होमपेज / समाज

भारतीय अतिक्रमण विरुद्ध झापामा विरोध प्रदर्शन

नेपालगाथा २०७७ जेठ १ गते बिहीबार १९:३०:०६ मा प्रकाशित

बासु देब न्यौपाने, झापा । भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएकोमा झापामा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु र रास्ट्रिय युवा संघ नेपाली युवा र बिद्यार्थीले बिहीबार (आज) झापामा बिरोध प्रदर्शन गरेका छ्न । नेपाली भूमी भारतीय नक्सामा पारिएको भन्दै झापाको काकडभिट्टाबाट सिमा सम्म नारा जुलुस सहित विरोध प्रदर्शन गरेका हुन । बिद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो’ ‘कालापानी हाम्रो हो’ ‘सिमा मिच्न पाइदैन’ ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

भारतले गरेको अमानबिय व्यवहार सहन असैय भएको भन्दै प्रदर्सनमा उत्रिन बाध्य भएको मेची नगर कमिटीका अध्यक्ष सन्तोश धमलाले बताए । उक्त प्रदर्शनमा झापा जिल्ला अनेरास्ववियु सह–संयोजक दुर्गा धमला, पुर्ब वाइसीएल मेची नगर अध्यक्ष बिनोद मन्डल र रास्ट्रिय युवा संघ नेपाल झापा जिल्ला सदस्य राजु धिमाल सहित अन्य बिद्यार्थीहरुको उपस्थिति थियो । यस अघि भारतले नेपाली पक्ष सँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडकको गएको शुक्रबार उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध चर्केको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top