होमपेज / समाज
काठमाडौँ । सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गर्ने भएको छ । गृह मन्त्रालयले जेठ ३ गते देखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।
अब देखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए । मन्त्रालयले यस अघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यस अघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।