ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका पत्रकारको कोरोना परिक्षण गरिदै

नेपालगाथा २०७७ जेठ १ गते बिहीबार ११:३०:२२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले पत्रकारको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने लागेको हो । जस अन्तर्गत बुधबार पहिलो चरणमा सुर्खेतमा कार्यरत ४३ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।

बुधबार स्वाब संकलन गर्न छुटेका पत्रकारको बिहीबार स्वाब संकलन गरिएको पत्रकार महासंघ सुर्खेत शाखाले जानकारी दिएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतका साथै १० वटै जिल्लाका पत्रकारको स्वाब संकलन गरी परीक्षण गरिने बताए । नेपाल पत्रकार महासंघसँग समन्वय गरी सम्बन्धित जिल्लामा स्वाब संकलन गरी परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top