ट्रेण्डिङ

होमपेज / समाज

थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

नेपालगाथा २०७७ जेठ १ गते बिहीबार ०८:२७:१८ मा प्रकाशित

काठमाडौँ । थप ५ जनामा कोरोना संक्रमित देखिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यस अघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top