होमपेज / समाज
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पतालले जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आए लगत्तै त्यहाँ पुग्न लागेको जानकारी दिए ।