होमपेज / समाज
काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या २ सय १९ पुगेको छ । पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत गरेको छ ।
संक्रमित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ५ निवासी २२ वर्षीय पुरुष छन् । यसअघि आजै बाँकेको नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै संक्रमितको स्वास्थ्यस्थिति सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।