होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले एक सय ५० जनाको कोरोना परिक्षण गर्ने भएको छ । नगरपालिकाले जेठ १ गते कार्यपालिका सदस्य, पत्रकार, व्यवस्थापन संग्लन भएका नगरपालिका कर्मचारी, सबै वडाका एक÷एक जना कर्मचारी, नगरपालिका भित्रका स्वास्थ्यकर्मी र विदेशबाट आएका नागरिकको कोरोना परीक्षण गर्ने लागेको हो । नगर कार्यपालिकाको कार्यालयमा नै हेल्प डेस्क स्थापना गरेर पिसिआर बिधिबाट कोरोनाको परीक्षण गर्न लागेको हो ।
नगरपालिकाका अनुसार कार्यपालिका सदस्य २४ जना, पत्रकार १५, व्यवस्थापन संग्लन भएका नगरपालिका कर्मचारी ३० जना, सबै वडाका एक÷एक जना कर्मचारी १६ जना, नगरपालिका भित्रका स्वास्थ्यकर्मी १५ जना र विदेशबाट आएका ५० जना नागरिकको पिसिआर बिधिबाट स्वाव संकलन गरिनेछ ।
नगरपालिकाले प्रचार प्रसार, डिस्ईन्फेट विषादी छर्कने, स्वास्थ्य संस्था र हेल्प डेस्कमार्फत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र पत्रकारको कोरोना परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘ब्यवस्थापनमा खटिने जनप्रतिनिधी, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, स्थानीय समुदायका अगुवाहरु, पत्रकारहरु तथा सुरक्षाकर्मीहरु सम्भावित संक्रमणको जोखिममा रहेको महसुश नगरपालिकाले आफ्नो पहलमा निजहरुमध्ये केही ब्यक्तिहरुको पोलिमरेज चेन रियाक्शन (पिसिआर) टेश्ट गर्ने योजना बनाएको छ ।’ उनले भने ।