होमपेज / समाज
जुम्ला । कोरोना संक्रमणको आशंका गरेर परिक्षण गरिएका जुम्लाका ८ सय ४९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार जिल्लाका आठ सय ४९ जनाको स्वाब संकलन गरेको थियो । प्रतिष्ठानको प्रयोगशालाका प्रमुख विवेक पुन मगरका अनुसार आठ सय ४९ जनाकै स्वाब परीक्षण रिपोर्ट रिपोट नेगेटिभ देखिएको हो ।
प्रतिष्ठानको टोलीले लकडाउन अवधिमा बाहिरबाट आएकाहरुको स्वाब एकै दिनमा संकलन गरेको थियो । सबैको रिपोट नेगेटिभ आएको र कोरोना प्रतिकार्यका लागि थप योजना बनाएर काम गर्न लागिएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले जानकारी दिए ।
लकडाउन अवधिमा भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएकाहरू सबैको रिपोट नेगेटिभ आएको हो । प्रतिष्ठानले बाहिर जिल्लाबाट आएकाहरु र शंका लागेका व्यक्तिहरुको कोरोना भएरनभएको थाहा पाउन स्वाब संकलन गर्न थालेको छ ।
यसका लागी कर्णाली स्वास्थ्य विज्ञानको टोली जुम्लाका आठ वटै स्थानीयतहमा स्वास्थ्यकर्मी खटाइएको जानकारी दिइएको छ । साथै प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।