ट्रेण्डिङ

होमपेज / समाज

कालापानीमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन सरकारलाई निर्देशन

नेपालगाथा २०७७ बैशाख ३१ गते बुधबार ०८:१३:५८ मा प्रकाशित

काठमाडौं । कालापानीमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन सरकारलाई निर्देशन दिइएको छ । प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले भारतले कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले आइतबार र सोमबार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग छलफल गरेको थियो ।

‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन’, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न’ समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्रा्ष्ट्रिय कानुन विपरीत भएको जनाएको समेत जनाएको छ । त्यस्तै, सरकारलाई तत्कालै अतिक्रमित नेपाली भू(भागलाई समेटेर नेपालको नक्सा अवलम्ब प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

समिति बैठकमा अधिकांश सांसदहरूले नेपालले नक्सा प्रकाशित नगरेकोमा आपत्ति जनाएका समेत जनाएका थिए । समितिले यस अघि नै नक्सा प्रकाशन देखि सीमामा डुबान हुने गरी भारतले निर्माण गरेको भौतिक संरचना निर्माण रोक्न दिएको निर्देशन अनुसार काम नभएको उल्लेख गर्दै पुन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top