ट्रेण्डिङ

होमपेज / समाज

कपिलवस्तुमा स्टाफ नर्सलाई कोरोना

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार १८:१८:२२ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुमा स्टाफ नर्सलाई पनि कोरोना संक्रमण भएको पाइएको छ । जिल्लको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार संक्रमण देखिएका ८ जना मध्ये २५ वर्षीया स्टाफ नर्स रहेकी कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको नेपालीले जानकारी दिए । अस्पतालका अन्य कर्मचारीको परीक्षणको तयारी भइरहेको उनले बताएका छन् । कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिललवस्तु नगरबासी हुन् । संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top