ट्रेण्डिङ

होमपेज / समाज

वीरगञ्जमा पत्रकारलाई पनि कोरोना

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार १८:०८:२३ मा प्रकाशित

वीरगञ्ज । नेपालमा पहिलो पटक पत्रकारलाई पनि कोरोना संक्रमण भएको छ । पर्सामा मंगलबार भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top