होमपेज / समाज
काठमाडौं । नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, कपिलवस्तु, रुपन्देही र बारामा गरेर ५७ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।