ट्रेण्डिङ

होमपेज / समाज

जुम्लाका ८ सय ४९ जनाको स्वाब संकलन

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार १२:०९:०५ मा प्रकाशित

जुम्ला । जुम्लाका ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस कोभिड १९ को पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेको हो ।

प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले दिएको जानकारी जिल्लाका विभिन्न ८ वटा स्थानबाट स्वाब संकलन गरिएको छ । प्रतिष्ठानले नेपालमै पहिलो पटक सबैभन्दा बढी स्वाब संकलन गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top