ट्रेण्डिङ

होमपेज / समाज

डोल्पाका सबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ बैशाख ३० गते मंगलबार ११:५२:२३ मा प्रकाशित

डोल्पा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा गरिएको डोल्पाका ११ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका ११ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । नगरपालिकाको ८ नम्बर वडाको क्वारेन्टाइनमा बसेका एक ६४ वर्षीय पुरुषको ¥यापिड डाइगोनोष्टिक टेस्ट आरडीटी पोजिटिभ आएपछि सोही क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर परीक्षण गरिएको थियो ।
अन्य १० जनासहित आरडीटी पोजिटिभ आएका व्यक्तिको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । आरडीटी पोजिटिभ आए पछि सुर्खेतबाट हेलिकोप्टर मार्फत आएको स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर लगेको थियो ।
आरडीटी रिपोर्ट पोजेटिभ आएका ती व्यक्ति वैशाख १२ देखि क्वारेन्टाइनमा बसिरहेका छन् । नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराएर उनी वैशाख १२ गते डोल्पा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top