ट्रेण्डिङ

होमपेज / समाज

थप १३ जनामा कोरोना

नेपालगाथा २०७७ बैशाख २९ गते सोमबार २१:३७:१५ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १३ जना कोरोना संक्रमित भेटिएका छन् । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका ( ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ( ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका (८ र बुद्धभूमि नगरपालिका ( ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी बर्दियाको राजापुर (५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन् । यसअघि कपिलवस्तुमा सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top