ट्रेण्डिङ

होमपेज / समाज

एयरलिफ्टिङ गरेर चिकित्सक पठाउँदै प्रदेश सरकार

नेपालगाथा २०७७ बैशाख २९ गते सोमबार ०८:२७:३५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका हिमाली जिल्लामा एयरलिफ्टिङ गरेर चिकित्सक पठाएको छ । प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा एयरलिफ्टिङ मार्फत चिकित्सकको टोली पठाइएको हो ।

कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले प्रदेश अन्तर्गत १० जिल्लाका २७ स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

प्रदेश सरकारले शनिबार डोल्पा र आइतबार हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको जनाएको छ । उनीहरु एक महिना त्यहाँ रहने बताइएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली लिएर हुम्ला गएको जानकारी दिए ।

‘डोल्पामा शनिबार चिकित्सकको टोली पठाइसकेका छौं,’ मन्त्री रावलले भने, ‘मुगुमा भोलि पठाउने तयारी गरिरहेका छौं ।’ अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाइएको मन्त्री रावलले जानकारी दिए । सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top