ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकन आइडलको उत्कृष्ट सातमा दिवेश

नेपालगाथा २०७७ बैशाख २९ गते सोमबार ०८:१२:५० मा प्रकाशित

काठमाडौँ । नेपाली युवा दिवेश पोखरेल तथा आर्थर गन उपनामले चिनिने गायक अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन् । उनले आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । उनी ६ वर्ष अघि अमेरिका आएका हुन् । काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए । कोभिड–१९ का कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ ।

दुई सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ । पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ । अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ । तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top