होमपेज / समाज
विराटनगर । नेपालमा कोरोना देखिएका संक्रमित मध्ये थप २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । आइतबार विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज गरिएको हो । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एकरएक जना आइतबार डिस्चार्ज भएका हुन् ।
भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।