ट्रेण्डिङ

होमपेज / समाज

चीनको वुहानमा एक महिनापछि फेरी कोरोना

नेपालगाथा २०७७ बैशाख २८ गते आइतबार १७:०२:३७ मा प्रकाशित

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा करिब एक महिनापछि एक जना संक्रमित भेटिएका छन् । गत अप्रिल ३ तारिखयता वुहानमा पहिलो पटक संक्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार शनिबार वुहानमा एक जना सहित चीनभर १४ जनामा नयाँ कोरोना संक्रमण देखिएको छ । सांघाई प्रान्तमा देखिएका २ जना संक्रमित विदेशबाट आएको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार १२ जनामा चीनभित्रै संक्रमण भएको पाइएको छ । यी संक्रमित जिलिन प्रान्तका र एकजना हुुबेई प्रान्तमा भेटिएका हुन् ।

एउटा आयातित संक्रमण चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रमा देखिएको बताइएको छ । आयोगका अनुसार शनिबार संक्रमितमध्ये कसैको मृृत्यु भएको छैन । शनिबार ७४ जना संक्रमति निको भएर घर फर्किएका थिए भने १३ जना गम्भीर अवस्थाका बिरामी रहेकोमा हाल २ जना मात्र रहेका छन् ।
शनिबार साँझसम्म चीनमा ८२ हजार ९ सय १ कोरोना संक्रमित देखिएका छन् भने १ सय ४८ जना संक्रमित अझै उपचार गराइरहेका छन् । जसमा ७८ हजार १ सय २० जना निको भएर घर फर्किसकेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top