ट्रेण्डिङ

होमपेज / समाज

भारतीय अतिक्रमण विरुद्ध आइतबार पनि प्रदर्शन

नेपालगाथा २०७७ बैशाख २८ गते आइतबार १२:०८:५३ मा प्रकाशित

काठमाडौँ । भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ । लकडाउनका बीच काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी लगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top