ट्रेण्डिङ

होमपेज / समाज

लिपुलेकमा निर्माण गरिएको सडक प्रति विरोध

नेपालगाथा २०७७ बैशाख २७ गते शनिबार १७:५४:५१ मा प्रकाशित


विराटनगर । भारतले नेपाली भूमि लिपुलेकमा निर्माण गरेको सडकप्रति विराटनगरमा पनि विरोध जनाइएको छ । शनिबार विराटनगरको सीमा नजिक विरोध प्रदर्शन गरिएको हो । जोगबनी नाकावारि सीमानजिक क्षेत्रका युवाहरुले लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएको भन्दै विरोध गरेका हुन् । उनीहरुले भारतले गर्दै आएको पटकपटकको अतिक्रमणको निन्दा गरेका छन् ।

प्रदर्शनका क्रममा युवा समूहले अतिक्रमणविरुद्ध नारा लगाएका थिए । प्रदर्शनकारीले ‘स्वतन्त्र युवा समूह विराटनगर’ नामबाट तयार पारिएका ब्यानर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि विराटनगर महानगरपालिका १७ मा विरोध सभा गरिएको थियो । सभामा बोल्दै समूहका अध्यक्ष हमिद आजाद लगायतले अतिक्रमणको विरोध गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाले विस्तारवाद मूर्दावाद, नेपाली सीमा मिच्न पाइँदैन, गो ब्याक इन्डिया लगायत नारा लगाएका थिए । युवा अग्रसरतामा अतिक्रमणविरुद्ध प्रदर्शन सुरु भएपछि रानी क्षेत्रका अरु पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top