होमपेज / समाज
काठमाडौ । भारत सरकारले नेपाली भूमि लिपुलेक प्रयोग गरेर चीनसम्म जोडने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले हस्ताक्षरबिनाको विज्ञप्ति जारी गरी नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको हो ।’ यो एकपक्षीय कार्य प्रधानमन्त्रीको तह लगायतका दुई देशहरू बीच भएको समझदारी विरूद्ध हो ।
जुन सीमा विवादको समाधान वार्ताबाट खोजिने छ । नेपाल सरकार दुई देशबीच घनिष्ट र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमा मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध छ,।’ विज्ञप्तिमा भनिएको छ । भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटन समेत गरेपछि सरकारको आधिकारिक प्रतिक्रिया आएको हो । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ ।’ नेपालले पहिल्यै देखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपुलेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो,’ जारी विज्ञप्तिमा भनिएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ ।’