ट्रेण्डिङ

होमपेज / समाज

भारतीय अतिक्रमणविरुद्ध सडकमा विद्यार्थी, प्रहरीद्वारा पक्राउ

नेपालगाथा २०७७ बैशाख २७ गते शनिबार १४:०६:०६ मा प्रकाशित

काठमाडौं । भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता(कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावास अघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचौर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो ।

विरोध प्रदर्शनमा सहभागी करिब ३३ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । विद्यार्थीहरुले ब्याक अफ इण्डिया भन्दै चर्को नारा लगाएका थिए । उनीहरुले भारतीय सेनाविरूद्ध पनि नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top