होमपेज / समाज
सल्यान । चैत १ गते देखि हाल सम्म सल्यानमा १६ हजार भन्दा बढि मानिस जिल्लामा भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार जिल्लामा १६ हजार ६८ जना मानिसहरु भित्रिएका हुन ।
रोजगारी, अध्ययन तथा श्रमका लागि भारत, तेस्रो मुलुक र अन्तरजिल्लाबाट मानिसहरु जिल्ला भित्रिएका हुन् । सल्यानका स्थानीय तह, मन्त्री र सांसदहरुको समन्वयमा अलपत्र परेका नागरिकहरुको उद्धार गरी जिल्ला भित्र्याइएको हो । चैत १ गतेदेखि १२ हजार ७ सय ८१ जना पुरुष र ३ हजार २ सय ८७ महिला जिल्ला भित्रिएका हुन् । उनीहरुलाई स्थानीय तहको समन्वयमा क्वारेनटाइन तथा होम क्वारेनटाइनमा राखिएको छ ।