होमपेज / समाज
काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । शनिबार उदयपुर, पर्सा र कपिलवस्तुमा सात जना कोरोना भाइरस संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३ र ३ र पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।
अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकै हुन् । उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन् । त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन् । अधिकारीका अनुसार उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष नै हुन् ।