होमपेज / समाज
बाँके। बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ देखा परेको छ । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यस अघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।