ट्रेण्डिङ

होमपेज / समाज

देशमा चार किसिमका वायुको प्रभाव

नेपालगाथा २०७७ बैशाख २६ गते शुक्रबार ०८:५२:५७ मा प्रकाशित

काठमाडौं । शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशका पूर्वी भू–भागका थोरै स्थानहरूमाख साथै मध्य र पश्चिमका एक र दुई  स्थानमा मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति  देशको पूर्वी भु–भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागका एक दुइ स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top