ट्रेण्डिङ

होमपेज / समाज

थप ८ जना कोरोनामुक्त

नेपालगाथा २०७७ बैशाख २६ गते शुक्रबार ०८:४४:४० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये थप ८ जना कोरोना मुक्त भएका छन् । उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका हुन । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ ।

यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए । संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ । उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । जसमा १५ जना निको भएका छन् । थप १३ जना अस्पतालमै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top