ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

नेपालगाथा २०७७ बैशाख २६ गते शुक्रबार ०८:२९:२८ मा प्रकाशित

काठमाडौँ । नेपामा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहीबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलबस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वाबको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।

संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ । कपिलवस्तुमा कोरोनाका संक्रमित फेला परेको पहिलो घटना हो । यद्यपि, छिमेकी जिल्ला रुपन्देहीमा भने एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म फेला परेका १ सय १ कोरोना संक्रमितमध्ये १९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालसहित मुलुकका अन्य अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top