होमपेज / समाज
काठमाडौं । विश्वभर ९० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहका ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका हुन । ति मध्ये २ सय ६० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ ।
अन्तर्रा्ष्ट्रिय नर्सिङ परिषद्का अनुसार संक्रमित र मृत्यु हुने स्वास्थ्यकर्मीको वास्तविक संख्या यसको दुई गुणा बढी हुन सक्छ । अधिकांश देशले स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीईको प्रबन्ध गर्न नसकेको समाचारहरु आइरहेका छन् । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार नजिक पुगेको छ । कुल संक्रमितको संख्या १२ लाख ६२ हजार नाघेको छ ।
त्यस्तै रुसमा पनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । गत मार्चदेखि कोरोनाको उच्च चपेटामा परेका बेलायत बाहेक अन्य युरोपेली देशहरुको अवस्था सुधार हुँदै गएको छ । भारतमो एकै दिन ३ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५३ हजार नजिक पुगेको छ । त्यस्तै हिजो ९२ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या साढे १७ सय पुगेको छ । कोरोना भाइरसको महामारीका कारण भारतमा साढे १२ करोड मानिसले रोजगारी गुमाएका छन् । ट्याक्सी सञ्चालन गर्ने कम्पनी उबरले आफ्ना १४ प्रतिशत कर्मचारी कटौति गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या ३८ लाख पुग्दा मृतकको संख्या २ लाख ६४ हजार नाघेको छ । त्यस्तै झण्डै १३ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
एजेन्सी