होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ निवासी एक बैवाहिक जोडिले दृष्ट्रिबिहीन हेरबिचार केन्द्रलाई नगद सहयोग गरेका छन् । ४३ बर्ष अघि बिबाह बन्धनमा बाडिंनु भएका समाजसेवी एवंम् अधिवक्ता धु्रब कुमार श्रेष्ठ र तिला देवी श्रेष्ठले बैवाहिक बर्ष दिनको उपलक्ष्यमा केन्द्रलाई सहयोग गरेका हुन ।
बुधबार सामाजिक दुरि कायम गर्दे श्रेष्ठले दृष्ट्रिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई नगर ४३ हजार ६ सय ९७ रुपैया हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरेको रकम उनका छोरा कर्णाली प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी, बाध तथा नशा रोग विशेषज्ञ डाशुभ क्षेष्ठको एक महिनाको तलब रहेको बताए ।
डाक्टर शुभ श्रेष्ठले भने, ‘हाम्रो कर्तव्य दायित्व बिहान देखि सांझ सम्म बिरामीहरुलाई जाच्ने अनि जचाउन आउनु भएका बिरामीहरुलाई हसाउने मात्र भन्दा पनि समाजमा रहेका दिन दुखि, हाम्रै समाजमा बसेर पनि एक छाक खान गारो हुने र पैसाकै अभावमा उच्च शिक्षा हासिल गर्न बन्देज रहनु भएकाहरुलाई सहयोग गरि समाज प्रतिको आफ्नो पनि दायित्व रहेको हुदा आज बुवा आमालाई सहयोग गुर्नुपनि हो ।’
अधिवक्ता श्रेष्ठले आफ्नो चाहाना आफुले धेरै समाजिक कार्यहरु गरेता पनि बिशेषत अािर्थक अभावका कारण शिक्षा हासिल गर्न नसक्नेहरुलाई सहयोग गर्ने चाहाना भएको बताए ।
सहयोग रकम प्राप्त पश्चात दृष्ट्रिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले शुभकामना, हार्दिक कृतज्ञता व्यक्त गर्दे आफ्नो संस्थाले प्राप्त गरेको सहयोग दृष्ट्रिबिहीन छात्र÷छात्राको शिक्षामा लगाने लगाउने प्रतिबद्धता व्यक्त गरे ।
हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठल र उहांकी धर्म पत्नी स्त्री रोग विशेषज्ञ कृत्रिका थापा श्रेष्ठले यसै महिना परेको आफ्नो तेश्रो बैवाहिक बर्ष दिनको उपलक्ष्यमा वीरेन्द्रनगर ९ को स्वास्थ्य चौकिमा कार्यरत १४ जना कर्मचारीहरुलाई एन ९५ माक्स, सर्जिकल मास्क, ह्याड ग्लोब्स र सेनिटाईजर गरि करिब २० हजारको सामाग्रीहरु सहयोग गरेका थिए ।