होमपेज / समाज
काठमाडौं । नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यस बारे जानकारी दिएका हुन् ।
देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको जानकारी दिएका छन् । डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैजना पर्सा जिल्लाका निवासी हुन् उनका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन् । डा. देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् ।