होमपेज / समाज
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा ३७ लाख बढि संक्रमित भएका छन् । हालसम्म विश्वका २ सय १५ देशमा फैलिएको कारोना ३७ लाख २४ हजार १ सय ५१ जना संक्रमित भइसकेका छन् । भने २ लाख ५८ हजारले ज्यान गुमाएका छन् । बुधबार बिहान सम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ५० को कोरोना संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा २९ हजार ४ सय २७, इटलीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित छन् ।
त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन् । इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन् । रुसमा तीव्र रुपमा फैलिएको यो भाइरहका कारण १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ । त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ ।
त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन् । त्यस्तै टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन् । भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ । १२ लाख ३९ हजार ८ सय ८३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । २२ लाख २६ हजार २ सय ६२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार २ सय ४४ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सी