होमपेज / समाज
सल्यान । चट्याङ लागेर सल्यानमा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारका क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
चट्याङ लागेर कुमाख गाउँपालिका ३ का वडा सदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेक बहादुर राना र २३ वर्षिय रणसिंह राना घाइते भएका छन् । उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।