होमपेज / समाज
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई प्रहरीको टोलीले चितवनबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो । विरही पक्राउ परेको पुष्टि गृह मन्त्रालयका एक अधिकारीले पनि गरेका छन् । पछिल्लो समय सरकार सँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।