होमपेज / समाज
बाँके । जिल्लाको नेपालगञ्जमा प्रहरी र स्थानीयबीच मंगलबार झडप भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएको थियो ।
त्रिवेणी चोकमा होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेको हो । बजारमा भिड बढेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो । त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए । अहिले स्थिति नियन्त्रण आइसकेको बाँके प्रहरीले जानकारी दिएको छ ।