ट्रेण्डिङ

होमपेज / समाज

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ८२ पुग्यो

नेपालगाथा २०७७ बैशाख २३ गते मंगलबार ०९:०७:२२ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
मंगलबार विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
मन्त्रालयले नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको जानकारी दिएको छ ।

हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन। भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्जका ३ जना पुरुष, एक बालिका र ३ महिलामा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो । नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top