होमपेज / समाज
महोत्तरी । लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या हुँदा समेत गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । जिल्लाको साम्सी गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो । वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।
गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको थियो । तर, वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर मात्रै बाँडेको पाइएको छ । गाउँपालिका घेराउ गर्न पुगेका आक्रोशित समूहले जनप्रतिनिधि र कर्मचारीविरुद्ध नाराबाजी गरेका थिए । गाउँपालिकाका अध्यक्ष शेष फारुकले राहत वितरणका लागि वडा कार्यालयलाई रकम उपलब्ध गराएको जानकारी दिए ।