ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १८:५०:१४ मा प्रकाशित

सल्यान । सल्यानमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज पारिएको छ । जिल्लाको बागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको हो ।

सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगास्थित थारदुला नजिकैको ओडारमा भेटिएको थियो । उक्त बस्तु सकेट बम भएको सेनाको टोलीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै जाने क्रममा शंकास्पद बस्तु फेला परेका थिए । यसका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top