ट्रेण्डिङ

होमपेज / समाज

कुहिएको चामल राहत वितरण

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १७:२७:२७ मा प्रकाशित

मुगु । जिल्लाको सोरु गाउँपालिकाले राहत वितरणको नाममा स्थानीयलाई कुहिएको चामल वितरण गरेको छ । खाद्य संस्थानबाट खरीद गरेर वितरण गरिएको चामल कुहिएको पाईएको हो । लकडाउनका कारण आफूलाई चाहिने खाद्यान्न जोहो गर्न नपाएका गाउँपालिका ११ का गरिब तथा मजदुरलाई राहतका नाममा कुहिएको चामल वितरण गरिएको पाइएको हो ।

सोरु गाउँपालिका ११ का २ सय ३४ घरधुरीका लागि प्रतिघर ३० केजीका दरले ५७ क्वीन्टल चामल र संस्थानकै सोरु डिपो र कालै बिक्री केन्द्रको तारापानी गोदामबाट १८ क्वीन्टल ६ लाखमा खरिद गरी सोही गाउँपालिका ११ का २ सय ४३ घरधुरीलाई चामल वितरण गरिएको थियो । साथै दुईजना स्वास्थ्यकर्मी, ५८ जना जेष्ठ नागरिक र तीनजना अपाङ्गलाई ३० केजीका दरले वितरण गरेको मध्ये १० घरपरिवारलाई कुहिएको चामल वितरण गरिएको पाइएको हो ।

सोरु गाउँपालिका ११ मा वैशाख १२ गते देखि १६ गतेसम्म २ सय ४३ घर परिवारलाई चामल वितरण गरेको थियो । राहतको रकम ६ लाख मात्र भएको मौखिक भरमा खाद्य संस्थानबाट बिर्शन शाहीले खरिद गरी मदन कुमार शाहीमार्फत टयाक्टरम ढुवानी गरी तारापानीसम्म ल्याएको जानकारी भएको सोही गाउँपालिकाका वडा अध्यक्ष अकबर शाहीले सरर्जीमी मुचुल्कामा जानकारी दिएको स्थलगत अनगुमनमा गएका सरोकारवालले बताएका छन् ।
नेपाल खाद्य संस्थानका निमित्त कार्यालय प्रमुख पुस्कर भामले दिएको जानकारी अनुसार चैत्र १२ गते सुर्खेत खाद्य संस्थानबाट प्राप्त भएको ५ सय ६७ बोरा चामलमध्ये १ सय ९० बोरा सोरु गाउँपालिकाले खरिद गरेर लगेको र ६० बोरा तारापानीबाटै लगेको थियो ।

१० बोरा चामल कुहिएको जानकारी पाएपछि उक्त चामल फिर्ता मगाई पुन अर्को चामल वितरण गरिने भएको छ । १० घरलाई कुहिएको चामल वितरण भएको भन्ने मुचुल्का जिल्ला समन्वय समितिबाट प्राप्त भएकाले खाद्य संस्थानको सबै गोदाम अनुगमन गर्दा त्यस्तो केही नभेटिएको मुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले बताए । कुहिएको चामल वितरणबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top