ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका सबै नाका सात दिन सम्म बन्द गरिने

नेपालगाथा २०७७ बैशाख २२ गते सोमबार १६:४८:४२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशबाट अन्य क्षेत्र संग जोडिएका सबै सिमा नाकाहरु पूर्ण रुपमा ७ दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेशमा कोरोना देखिए संगै यस्तो निर्णय गरेको हो । सोमबार बसेको बैठकले सात दिनसम्म प्रदेश प्रवेश हुने सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको र अन्य प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएका कारणले सिमा नाका सात दिनसम्म बन्द गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशमा प्रवेश हुने सबै सिमा नाका बन्द गरिएको कर्णालीमा दैनिक उपभोग्य बस्तु सात दिनसम्ममा आयातमा रोकसमेत लगाईएको कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टिम खटाउने निर्णय समेत गरेको छ । जन अन्तर्गत कर्णाली जोड्ने सुदुरपश्चिम प्रदेश, प्रदेश नं. ५ र चिनियाँ नाका पूर्ण रुपमा सिल गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top