ट्रेण्डिङ

होमपेज / समाज

आरडिटी परिक्षण नगरीकनै क्वारेनटाईनबाट बिदा

नेपालगाथा २०७७ बैशाख २० गते शनिबार १८:३३:२५ मा प्रकाशित

सुर्खेत । लेकवेशी नगरपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनालाई १४ दिन पश्चात आरडिटी परिक्षण बिनानै घर पठाएको छ । नगरपालिकाको जिवन ज्योती मावी दशरथपुरको क्वारेन्टाईनमा रहेका वडा नम्वर ५ का ५ जना वटा नम्वर ६ का २ जना र वडा नम्वर ७ का १ जनालाई घर पठाईएको हो ।
ती जना मध्य २ जनाको मात्रै आडिटी परिक्षण गरिएको छ । परिक्षण गरिएका २ जनाकै नेगेटिभ आएको छ । परिक्षण किटको अभावका कारण प्रत्यक कोठामा बसेकाहरु मध्यबाट नमुनाको रुपमा २ जनाको मात्रै परिक्षण गरिएको हो ।

नगरपालिकामा जम्मा ५२ वटा किट आएकोमा ५० जनालाई आरटिडी टेष्ट गरिएको छ भने २ वटा किट रहेका नगर स्वास्थ्य शाखाका स्वास्थकर्मी कर्ण आचार्यले जानकारी दिइन । उनका अनुसार देशभर नै किट आभाव भएका कारणले नमुनाको रुपमा आरडिटी परिक्षण गरिएको हो । जिल्लाले किट पठाउने तयारी गरिरहेको आर्चायको भनाई रहेको छ ।

यता नगरपालिकाका प्रमुख गगन सिंह सुनारले आरडिटी परिक्षण नगरी घर पठाईएकाहरुको किट प्रयाप्त हुनासाथ घरमै पुगी परिक्षण गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top