ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिमान्चल विश्वविद्यालय र एनरेन बिच सम्झौता

नेपालगाथा २०७७ बैशाख २० गते शनिबार १७:५५:२९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनको तर्फबाट अध्यक्ष, लोचन लाल अमात्यले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता बमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल ३ महिनाको लागि २० वटा कर्परेट जुम (श्यय) लाईसेन्स उपलब्ध गराएको हो । प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड समयका लागि मिटिंग वा कक्षा संचालन गर्न सकिने छ जसमा एकै चोटीमा ३ सय जना जोडिन सक्ने छन् । हाल सबै लाइसेन्स सुचारु भई विश्वविद्यालय अन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुइ वटा स्कुल, बाह्र आंगिक तथा सम्बन्धन प्राप्त गरि देश भरिका जम्मा उन्नाईस क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको जानकारी उक्त कार्यमा ‘फोकल पर्सन’का रुपमा सहजीकरण गरिरहनुभएका विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले जानकारी दिनु भएको छ ।

उपप्राध्यापक भट्टले अनलाईन शिक्षण क्षेत्रमा लोकप्रिय जुम टुल प्रयोग गरि विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुले आवश्यक मिटिंग तथा अनलाईन कक्षा निर्वाध रुपमा संचालन गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top