होमपेज / समाज
डोल्पा । डोल्पाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको ठूली भेरी नगरपालिका–३ ले दलित, गरिव, श्रमिक लगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ ।
वडाभित्रका १ सय ७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ । न्युन आय भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका जिल्ला बाहिरका १ सय २२ विपन्न घर परिवारलाई राहत वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
वडाभित्रका घरपरिवारले ३० किलो चामल, दुई पाकेट नुन, दुई पाकेट खाने तेल, दुई चक्की साबुन र बाहिर जिल्लाका श्रमिकले १५ किलो चामल, एक पाकेट नुन, एक पाकेट तेल र एक साबुन वितरण गरिएको वडा अध्यक्ष अर्ण न्यौपानेले जानकारी दिए ।