ट्रेण्डिङ

होमपेज / समाज

कुवेतमा ७५ जना नेपालीमा कोरोना

नेपालगाथा २०७७ बैशाख १९ गते शुक्रबार १९:१२:४४ मा प्रकाशित

काठमाडौँ । कुवेतमा कोरोना संक्रमित हुने नेपालीको संख्या ७५ पुगेको छ । शुक्रबार मात्रै थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचना अनुसार थप ११ जना नेपाली सहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ ।

हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top