ट्रेण्डिङ

होमपेज / समाज

देशका विभिन्न क्षेत्रमा दादुराको प्रकोप

नेपालगाथा २०७७ बैशाख १९ गते शुक्रबार १८:५६:३९ मा प्रकाशित

काठमाडौं । मुलुकमा विश्वभर फैलिएको कोरोना भाइरस केभिड १९ को संक्रमण फैलिरहेको बेला देशका विभिन्न क्षेत्रमा दादुराको प्रकोप समेत फैलिएको छ । गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिले सम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १ सय ८५ जनामा दादुरा संक्रमण देखिएको छ ।

झापाको दमकमा २१, सर्लाहीमा ६, ललितपुरको खोकनामा १८, धादिङको वेनिघाट र गजुरीमा गरी ११३, काठमाडौँको पेप्सीकोलामा १४, चितवनको राप्ती नगरपालिकामा ८ र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । यीमध्ये धादिङमा दुई बालबालिकाको मृत्यु भएको छ ।

उनका अनुसार दादुराको संक्रमण देखिएका मध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन् । बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बञ्चित छन् । तर संयोग यस्तो छ कि अहिले प्रकोप देखिएका सातवटै जिल्ला सरकारले पूर्ण खोप घोषणा गरेका जिल्ला हुन् ।
खोप शाखा प्रमुख डा. गौतमले ६ महिनादेखि ४० बर्षसम्मकोमा दादुरा देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top