ट्रेण्डिङ

होमपेज / समाज

नेपालगंज एक जनामा कोरोना संक्रमित

नेपालगाथा २०७७ बैशाख १९ गते शुक्रबार १५:१७:३३ मा प्रकाशित

नेपालगंज । बाँकेको नेपालगंजमा एक जनामा कोरोना भाइरस कोभिड १९ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेको नेपालगंज संगै रूपन्देहीमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन् । नेपालगंजमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । भने रूपन्देहीमा २५ वर्षीय युवकमा कोरोना देखिएको हो । अहिले दुवैको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top