ट्रेण्डिङ

होमपेज / समाज

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो

नेपालगाथा २०७७ बैशाख १९ गते शुक्रबार १३:११:४४ मा प्रकाशित

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नागेको छ । पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन् । त्यो संगै संक्रमितको संख्या ३५ हजार ४३ पुगेको हो ।

भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या एक हजार १ सय ४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४ सय ५९ पुगेको छ । त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २ सय १४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १ सय ३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २ सय ३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म ४ सय १८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा आठ हजार ८ सय ८९ संक्रमित निको भएर घर फर्किसकेका भारतीय सञ्चार माध्यामले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top