ट्रेण्डिङ

होमपेज / समाज

सिमामा रहेका नेपालीलाई स्वदेश ल्याइँदै

नेपालगाथा २०७७ बैशाख १८ गते बिहीबार १२:४०:२५ मा प्रकाशित

धनगढी । भारतिय सिमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याइने भएको छ । एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइने भएको छ  ।

भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । पिथौरागढ र नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीबीच सहमति भएपछि मजदुरहरुलाई स्वदेश ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

झुलाघाट नाकाबाट ८ सय ३७ र धार्चुला नाकाबाट १ हजार ६१ जना मानिस आज स्वदेश फर्कने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका स्वाथ्य परीक्षण गरिने र त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पठाइने पौडेलले बताए । सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक स्थानीय तहमा एक सय बेडका क्वारेन्टाइन निर्माण भइसकेका छन् । नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएका छन् । उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी ¥यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top